पर्यटकीय गनतव्य स्थलको रुपमा लोकप्रिय बन्दै माछापुच्छ्रे इको रिर्सोट
पाेखरा | पुस २०, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौर स्थीत नेपालको पहिलो स्लोप कन्सेप्ट मा बनेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य स्थलको रुपमा झनै लोकप्रिय बन्दै गइरहेको छ ।
करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् ।
कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागी कोरोना महामारीको समयमा रिर्सोट सुरु गरेको माछापुच्छ्रे इको रिर्सोटका सञ्चालक सुजन बास्तोलाले जानकारी दिएका छन् । यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द दिने उद्धेश्य रहेको बास्तोलाले जानकारी दिए ।
रिर्सोटमा घुम्न आउने व्यक्तिहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराएको बताए । कतिपय पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ बास्तोलाले भने ।
पछिल्लो समय धेरै रिर्सोट बनेका छन् जुन डाँडामा तथा अनेक आकर्षित तरिकाले रिर्सोट खोलिएका छन् जुन राम्रो पनि हो यसले पर्यटक लाई थप उत्साहित बनाएको छ । माछापुच्छ्रे इको रिर्सोट घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा खन्य थुप्रै प्रकारले मनोरञ्जन का माध्यम एकै ठाँउमा रहेको बास्तोलाले बताए ।रिर्सोटमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ ।
पिङ , गार्डेन तथा अन्य थुप्रै ठाँहरुका् निर्माण गरिएको छ । यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

